पूर्णपुष्टि, माघ १८
लिम्चुङबुङ गाउँपालिकाले बिकट अवस्थालाई बदल्दै प्रबिधि तर्फ छलाङ मारेको दावी गरेको छ । स्थानीय सरकार अगाडीको अवस्था र हालको अवस्थालाई तुलना गर्दै लिम्चुङबुङ गाउँपालिकाले सेवा सुविधाले निकै फड्को मारेको दावी गरेको छ । पछिल्लो समय स्वास्थ्य क्षेत्रमा अगाडी बढेको पालिकाले केहि दिन बाट डिजिटल एक्स–रे सहितको उपचार सेवा संञ्चालन गर्ने जनाएको छ । पालिकामा रहेको ए.ल.वी कार्की स्मृति लिम्चुङबुङ अस्पतालमा केहि दिनमै डिजिटल एक्स–रे भिडियो एक्स–रे को सेवा संञ्चालन हुने पालिका अध्यक्ष मेजर कुमार राईले बताए ।
सामान्य उपचारहरुले मात्रै पालिकामा स्वास्य क्षेत्र पुरा नहुने भन्दै डिजिटलको माध्यम बाट गर्न सकिने उपचारहरलाई समेत ध्यानमा राखी यो व्यवस्था गरेको अध्यक्ष राईले बताए । राईले अब साना देखी ठुलो उपचारहरु समेत जनताहरुले पालिका बाटै पाउने राईको भनाई छ । पालिकामै डिजिटलको माध्यम बाट उपचार हुने भएपछि त्यहाँको स्थानीयहरु निकै खुसी भएको छ । पालिकावासी गुरुमनी कुमाईले स्थानीय सरकारले जनताहरुमा माग र आवश्यकतालाई पुरा गरेको जनाए । उनले स्वास्थ्य क्षेत्र जनताहरुको पहिलो अधिकार भित्र रहेको भन्दै यसको प्रयासमा लिम्चुङबुङ गाउँपालिका सफल भएको जनाए ।