Thursday, June 25News That Matters

उदयपुरको चौदण्डीमा वन विनाश रोक्न एलपी ग्यासको सिलिण्डर वितरण

पूर्णपुष्टि, माघ १८
उदयपुरको चौदण्डीगढी नगरपालिकामा बढ्दै गएको वन विनाशलाई रोक्न एक सामुदायिक वनले उपक्तालाई एलपी ग्यास सिलिण्डर र चुलो वितरण गरेको छ । दाउराको प्रयोग गर्दा दिनदिनै वन जंगल विनाश हुँदै गएको भन्दै जिल्लाको चौदण्डीगढी नगरपालिका–८ सालघारी सामुदायिक वन उपभोक्ता समूहका उपक्तालाई एलपी ग्यास सिलिण्डर वितरण गरिएको हो ।
सामुदायिक वनले ४ लाख खर्चेर ४३ घरधुरी उपभोक्तालाई सिलिण्डर वितरण गरेको समूहका अध्यक्ष चन्द्र कुमार राईले बताउनुभयो । समूहले आर्थिक वर्ष २०७८÷७९ को गरिबी निवारण कार्यक्रम अन्तर्गत समूहभित्र रहेका दलित, एकल महिला र विपन्न गरी ४३ घरधुरी परिवारलाई ग्यास सिलिण्डर र चुलो वितरण गरेको समूहका अध्यक्ष राईले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत १४ अतिविपन्न परिवारलाई सिरक पनि वितरण गरिएको छ ।

घरायसी प्रयोजनका लागि दाउरा बाल्न रुख काट्दा वन फँडानी हुँदै आएको भन्दै समूहले कार्ययोजना बनाएर वन विनाश रोक्न लागेको हो । खासगरी गरिब, विपन्न, दलित र एकल महिलालाई वैकल्पिक उर्जा कार्यक्रम अन्तर्गत एलपी ग्यास सिलिण्डर र चुलो वितरण गरिएको हो ।
उपाध्यक्ष गोविन्द ओझाका अनुसार उपभोक्तालाई धुवाँमुक्त बनाउने योजना पनि यसमा समेटिएको छ । सरकारले अघि सारेको ‘धुँवामुक्त अभियान’ लाई सहयोग गर्न पनि ग्यास सिलिण्डर बितरण गरिएको उपाध्यक्ष ओझाले बताउनुभयो । सो सामुदायिक वनमा ३५० उपभोक्ता रहेको छ ।

डिभिजन वन कार्यालय उदयपुरका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहका अनुसार उदयपुरमा वन समूहभित्रका एक घरधुरी उपभोक्ताले वार्षिक ३० देखि ३५ भारी दाउरा खपत गर्ने गरेको तथ्यांक निस्केको छ । यसरी उपक्ताले खपत गर्ने दाउन वनबाटै आउने र यही अनुसार दाउरा वन फडानी गर्दै जाने हो भने केही वर्षभित्रै वन सकिने निश्चित छ । त्यसैले विकल्पमा डिभिजन वन कार्यालय गाईघाटले ग्यास सिलिण्डर वितरणको अवधारण ल्याएका हो ।