Friday, June 19News That Matters

मोरङका दुई स्थानका फार्ममा बर्डफ्लु संक्रमण

पूर्णपुष्टि, माघ १८
मोरङका दुई स्थानका फार्ममा बर्डफ्लु संक्रमण पुष्टि भएको छ । जिल्लाको ग्रामथान–१ खुनियाकट्टा र बूढिगङ्गा –५ मा बर्डफ्लू संक्रमण पुष्टि भएको पशुसेवा विभागले जनाएको छ ।
उक्त स्थानका किसानले पालेका कुखुराको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा माघ १६ गते बर्डफ्लु पुष्टि भएको विभागका निमित्त महानिर्देशक लेखराज दाहालले बताउनुभयो ।
उहाँका अनुसार उक्त स्थानमा संक्रमण फैलन नदिन विभागले तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका घरपालुवा पन्छी तथा रोेग सार्न सक्ने अन्य वस्तु समेत आइतबार नै नष्ट गरिएको छ ।

मन्त्रालयले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्थास्थ्यपरीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न आग्रह गरेको छ ।
यस्तै, फार्र्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्बलन गर्न, पन्छीपालक किसानले फार्म परिसरमा नियमित रुपमा निःसङ्क्रमण गर्न, तथा सफाइमा ध्यान दिन, घरपालुवा पक्षीलाई जङ्गली पन्छीको सम्पर्कमा आउन नदिन हाँस तथा कुखुरालगायतका पन्छीलाई थुनेर पाल्न तथा पशुपन्छी बिक्रीस्थलमा अस्वाभाविक रुपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकैको पशु सेवा विभागमा सूचना गर्न आग्रह गरेको छ ।