
पूर्णपुष्टि, असार १० । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका –७ मा रहेको शुभ श्री वेक्वेट ब्लु हेमनको स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु भएको छ । शनिबार दिउँसो पोडी खेल्ने क्रममा सोही नगरपालिका ६ मुलपानी बस्ने १९ बर्षीय प्रभास अधिकारीको मृत्यु प्रहरीले जनाएको छ ।
स्विमिङ पुलमा अचेत अवस्थामा फेला परेका उनलाई पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल हुँदै सिभिल हस्पिटल बानेश्वर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । साथै पौडी खेल्ने क्रममा डुबेर घाईते भएका १९ वर्षीय सुरेन्द्र दाहालको अहिले केएमसी अस्पतालमा उपचार भइरहेको छ । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
