Friday, May 1News That Matters

हचुवामा गाईघाटको ट्राफिक लाईट, समस्या सुधार गर्न ट्राफिक प्रहरीको पहल

पूर्णपुष्टि, ७ साउन । गाईघाट मेनचोकमा राखिएको ट्राफिक लाईटको व्यवस्थापनमा समस्या देखिएको छ । आईतबार देखी ट्रायलको रुपमा संञ्चालनमा आएको ट्राफिक लाईटको बिभिन्न समस्याहरुबीचनै सुचारु भएको छ ।

ट्राफिक लाईटको उचित प्रयोग र व्यवस्थापन गर्न आवश्यक समस्याहरुको समाधान भएको छैन । प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले जोडेको उक्त लाईट गाईघाटको मेनचेकमा राखिएको छ । लाईटलाई प्रयोग र संञ्चालनमा ल्याउन आवश्यक कुराहरु पुरा नगरी राखिएको जनाईएको छ । ट्राफिक कार्यालय उदयपुरले उक्त लाईट संञ्चालनका लागि निम्न समस्याहरुको सुधार गर्न त्रियुगा नगरपालिकालाई पत्रनै लेखेको छ ।

सो समधान व्यवस्थापन भएपछि मात्रै लाईट संञ्चालनमा सहज हुनेछ । कार्यालयका अनुसार सडकको लेन नुछुटाईएको, जेब्रा क्रसिङ क्लियर नभएको, उत्तर दक्षिणको दुवै साईडको पार्किङ १५० मिटर पर नभएको, बत्ति जडान गर्दा आवश्यक समन्वय नभएको र जडान भएको ट्राफिक लाईट व्यवस्थित नगरिएको जनाए । ट्राफिक इन्चार्ज दधिराम दाहालका अनुसार लेन नछृटाउनाले खाली साईडमा सवारी छाड्न असज भएको जनाए । यस्तै जेब्रा क्रसिङ समेत मेटिएकाले सवारीलाई काहाँ रोकिनु पर्ने भन्ने समस्या आएको र मेन चोकबाट उत्तर पिपलचोक साईडको पार्किङ र दक्षिण पट्टी त्रियुगा बसपार्क साईडको पार्किङ नजिक रहेकाले सवारीलाई रोकिना असर भएको जनाए ।

यस्तै ठाउँको असहजताले अव्यवस्थित रुपमा राखिएको लाईट सवारी चालकहरुले देख्न असहज भएको छ । त्यसलाई पनि व्यवस्थित गरिनु पर्ने माग छ । कार्यायले उक्त समस्या व्यवस्थापन गरिदिन नगरपालिकालाई चिठ्ठि लेखेको हो । यी काम भएमा लाईट संञ्चालनलाई आधिकारिक रुपमा अघि बढाउन सहज हुने कार्यालयको भनाई छ । इन्चार्ज दाहालले उक्त लाईट हाललाई ट्रायलको रुपमा संञ्चालन गरिने जनाए ।