Wednesday, April 22News That Matters

हलेसीको दुर्छिममा बोसे–आराखा फुटवल प्रतियोगिता हुँदै

पूर्णपुष्टि, २ कार्तिक ।
खोटाङको हलेशी तुवाचुङ नगरपालिका ५ गणेश्टारमा दोस्रो “बोसे–आराखा” (७ब्) साईड नकआउट वडा स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । यहि कार्तिक ६ गतेबाट सुरु हुने उक्त प्रतियोगिताको आयोजना किरात युवा समाज हलेशी तुवाचुङ नगरपालिका ५ दुर्छिमले गरेको हो ।

आफ्नो भाषा संस्कार संस्कृति र पहिचान सँगै स्थानीय खेलाडीहरुलाइ प्रोत्साहन गर्ने उदेश्यले प्रतियोगिता गर्न लागिएको खेल व्यवस्थापक अन्जिलहाङ राईले जनाए । राईका अनुसार कार्तिक ९ गते सम्म चल्ले प्रतियोगिताको बिजेता टिमले नगद रु २० हजार बराबरको सँुगुर (बोसे) दुई कठुवा रक्सी (आराखा) र प्रमाण पत्र पाउने छन भने दोस्रो हुने टिमले १५ हजार नगद बराबरको सुङगुर (बोसे) दुई कठुवा रक्सी (आराखा) र प्रमाण पत्र पाउनेछ ।

यस्तै सेमिफाईनल पुग्ने टिमले पनि २५ सय बराबरको भाले (वापा) दुई कठुवा आराखा र प्रमाण पत्र पाउने व्यवस्थापक राईले जनाएको छ । खेलले मनोरञ्जन मात्र हैन किरातीहरुको पहिचानलाई पनि उजागर गर्नेछ । किराती भाषमा आराखालाई रक्सी र बोसेलाई सुँगुर भन्ने बुझिन्छ । यी दुवै बस्तु किरात संस्कार संस्कृतिका परिपुरक र आवश्यक चिज हो ।