Friday, May 22News That Matters

गाईघाटको सेल्फी डाँडाँमा अटो दुर्घटना ७ घाईत, चालक फरार

पूर्णपुष्टि, २ कार्तिक ।
त्रियुगा नगरपालिका १४ साउने बाट गाईघाट तर्फ झर्दै गरेको अटो त्रियुगा नगरपालिका ११ सेल्फी डाँडाँमा दुर्घटना हुँदा ७ जना घाईते भएको छ । स १ ह८८७ न. को अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घाईते हुनेहरुमा वडा नं १४ का बस्ने बर्ष ३३ की मञ्जु मगर उनको टाउकोमा टुटुल्का उठेको दुवै हातमा सामान्य चोट, ऐ बस्ने बर्ष १० को किस्मन मगर टाउकोमा टुटुल्का उठेको दुवै हातमा सामान्य चोट ढाड चलाउन गार्‍हो भएको, ऐ. बस्ने नारद मगरको छोरी बर्ष १० की शिक्षा मगर अनुहार सामान्य चोट टाउकोमा टुटुल्का उठेको, ऐ. बस्ने बर्ष २४ की रत्न परीयार कम्मर,बाँया हात खुट्टामा सामान्य चोट, ऐ बस्ने बर्ष ३४ की हेमा थापा मगर निधारमा गहिरो चोट अवस्था बोल्न सक्ने, ऐ बस्ने हेमा थापा मगरको छोरा बर्ष ७ को रियाज मगर अनुहार र बाँया कुममा सामान्य चोट र ऐ १४ बस्ने बर्ष ३८ को तारामान मगर बाँया खुट्टामा गहिरो चोट अवस्था बोल्न सक्ने अवस्थामा रहेको छ । प्रहरीका अनुसार चालक त्रियुगा न.पा.१४ साउने बस्ने बर्ष ३० को भोला मगर तत्काल फरार रहेको जनाईएको छ । उनको खोज तलास भैरहेको छ ।