Wednesday, April 22News That Matters

गाईघाट कोरा च्यालेन्ज २०२४ सम्पन्न

पूर्णपुष्टि, ३ कार्तिक ।
उदयपुरमा गाईघाट कोरा च्यालेन्ज २०२४ सम्पन्न भएको छ । शनिवार गाईघाट पिपलचोक देखी सुरु भएको छैँठौ संस्करणको कोरा च्यालेन्ज ढिम्की रत्न रिसोर्टमा आएर सम्पन्न भएको हो । असोज १२ गते सनिवारका दिन गर्ने भनिएको उक्त च्यालेन्ज बर्षा र प्राविधिक समस्याले रोकिएको थियो । सोही कार्यक्रमलाई कार्तिक ३ गते शनिवार सम्पन्न गरिएको आयोजक जिल्ला साईकलिङ संघ उदयपुरले जनाएको छ ।

संघका अध्यक्ष माधव बानियाका अनुसार साईकलिङ संस्कृतिको बिकास र महत्व दर्साउँदै जिल्लाको पर्यटकीय स्थानहरुलाई प्रवद्र्धन गर्ने उदेश्य सहित गाईघाट कोरा च्यालेन्जको आयोजना गर्दै आएको हो । उदयपपुरमा सन २०१९ देखी सुरु गरिएको कोरा च्यालेन्ज हरेक बर्ष गर्दै आईरहेको छ । यस पटक गाईघाट परिक्रमा सँगै मोतिगडा, बगाहा, जलजले, चुहाडे, खाटमन्दीर, राजावास गैरुन, आँखा हस्पिटल बोक्से हुँदै ढिम्की मन्दिर नजिक रहेको रत्न रिसोर्ट सम्म आईपुग्दा करिब ३२ किलो मिटर यात्रा तय गरिएको अध्यक्ष बानियाले जनाए ।

कोरा च्यालेन्जको उद्घाटन कार्यक्रममा त्रियुगा नगर प्रमुख बसन्त बस्नेत, उदयपुरका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, १८ नं बाहिनिपती भुल्केका जर्णेल गौरब गुरुङ, उदयपुर प्रहरी प्रमुख एसपी हरिनन्द योगी र त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका अध्यक्ष रमेश रसाईली सहितको अथितिहरु उपस्थित थिए । कोरा च्यालेन्जमा सहभागीहरुलाई झिँगु नेवा पुँचले भव्य स्वागत गरेका थिए । कार्यक्रमलाई रत्न रिसोर्टमा सम्पन्न गरेको छ ।