
पूर्णपुष्टि, भदौ १५
हातहतियार तथा खरखजाना मुद्धामा फरार रहेका प्रतिवादी पक्राउ परेको छ । पक्राउ पर्नेमा धरान उप–महानगरपालिका–१५ सुनसरीका २९ बर्षीय देवि बहादुर लिम्बु रहेका छन् ।
जिल्ला अदालत सुनसरीको मिति २०७८÷०९÷०८ गतेको सजाय निर्धारण फैसला आदेशले ५ महिना ३ दिन कैद र ५ हजार जरिवाना बेरुजु रहि फरार रहेका थिए । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर (RIT) समुहबाट खटीएको प्रहरी टोलिले लिम्बुलाई गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुलाई कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला कारागार सुनसरीमा बुझाईएको छ ।
