
सिताराम राई
उदयपुर, फागुन २३ गते ।
रौतामाई गाउँपालिका–५ मा भएको वडाध्यक्ष कप भलिबल प्रतियोगीताको उपाधी हातिपाईले टिमले चुमेको छ । वडाको आयोजनामा भएको प्रतियोगीतामा कालीमाटी टिमलाई सोझो सेटमा हराउदै हातिपाईले उपाधी चुमेको हो ।
शुक्रबार भएको फाईनल खेलमा हातिपाईलेले कालिमाटी टिमलाई पहिलो सेटमा २५–१८, दोस्रो सेटमा २५–१९ र तेस्रो सेटमा २५–११ को अन्तरले पछि पार्दै कपको उपाधी चुमेको आयोजक टिमले जनाएको छ ।
हातिपाईले टिमले उपाधी चुमेको छ । उपविजेता कालीमाटी टिम र सान्तोना आँपटार टिम भएको आयोजकले जनाएको छ ।
विजेता, उपविजेता र सान्तोना टिम नगद १७, १३ र ८ हजार रुपैयाँ र म्याडल, कप, प्रमाणपत्रले पुरस्कृति भएका थिए । प्रतयोगीताको उत्कृष्ठ खेलाडीको रुपमा हातिपाईले टिमका पेसल मगर घोषीत भएका छन् । उनलाई ट्रफि, प्रमाणपत्रका साथ नगद एक हजारले पुरस्कृत गरिएको छ ।
प्रतियोगीतामा वडाका विभिन्न टोलका ९ टिमले सहभागिता जनाएको आयोजकले जनाएको छ ।
