Sunday, June 7News That Matters

हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

झापा,मंसिर १३ गते ।

झापा कचनकवलमा हात्तिको आक्रममा परि एक जनाको मृत्यु भएको छ । कचनकवल गाउँपालिका–७ निबासी ५५ बर्षीय कायाराय क्षेत्रीको मृत्यु भएको हो ।

पाथीभरा सामुदायीक बनको भवन नजिकै जंगली हात्ती आएर क्षेत्रीलाई गतराती ९ बजे आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । क्षेत्री उक्त सामुदायीक बनको कार्यालय सहयोगीको रुपमा काम गर्दै आएको प्रहरीले जनाएको छ ।