हात्तीको आक्रमणमा परी एकको मृत्यु

पूर्णपुष्टि, पुष १
जंगली हात्तीले आक्रमण गर्दा झापामा एक जना वृद्धको ज्यान गएको छ । जंगलमा घाँस काट्न गएका ७८ वर्षीय कृष्ण भुजेलको हात्तीको आक्रमणबाट ज्यान गएको हो ।
कनकाई नगरपालिका–२ स्थित जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रमा घाँस काट्न गएका भुजेल तीनदेखि हराइरहेको इलाका प्रहरी कार्यालय सुरूङ्गाले जनाएको छ ।
सुरूङ्गाका प्रहरीका अनुसार सोमबार दिउँसो घाँस काट्न जंगल गएका भुजेल रातिसम्म पनि घर नआएपछि उनको खोजी सुरू भएको थियो ।
प्रहरी र स्थानीयले खोजी गर्नेक्रममा सामुदायिक वनभित्र बुधबार दिउँसोमात्रै भुजेल मृत फेला परेका थिए ।
घटनाको प्रकृति र आसपासको क्षेत्रको अध्ययन अनुसन्धानले भुजेललाई हात्तीले मारेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: