Monday, June 1News That Matters

हुरेण्डेक उदयपुरद्धारा सामुहिक चुल्हो सहजकर्ताहरुलाई दुई दिने पुनर्ताजगी तालिम

पूर्णपुष्टि, १८ मंसिर ।
हुरेण्डेक उदयपुरले सकरात्मक झुकावका लागि सामुहिक चुल्हो सम्बन्धी २९ जनालाई दुई दिने पुनर्ताजगी तालिम दिएको छ । उक्त तालिम गाईघाट स्थित होटल कोहवरमा सोमवारबाट सुरु भएको हो ।

जिल्लाको त्रियुगा, कटारी, रौतामाई, ताप्ली र उदयपुरगढी गरी ५ पालिकाहरुमा कार्यरत सहकर्ताहरुलाई तालिम प्रदान गरिएको कार्यक्रम ब्यवस्थापक बिकल सुवेदीले जनाए । सुवेदीका अनुसार जिल्लामा कुपोषण भएका बालवालिकाहरुलाई सुधारोन्मुख र कुपोषणबाट अन्त्य गर्ने भन्दै हुरेण्डेक उदयपुरले यस सम्बन्धी सकरात्मक झुकावका लागि सामुहिक चुल्हो कार्यक्रमनै तयार पारेर संञ्चालन गरिरहेको छ ।

बिगतमा पनि यस प्रकारको तालिम प्रदान गर्दै आएका हुरेण्डेकले कार्यक्रमलाई थप प्रभावकारी र कार्यन्वनका लागि पुनर्ताजगी दिईएको सुवेदीको भनाई छ । सामुहिक चुल्हो कार्यक्रम पाँचै पालिकाहरुमा आमा, बच्चा र सहजकर्ताहरुको सामुहिक भेलामा स्वास्थ्य संस्थाहरुको सहयोग समन्वयमा १२ दिन सम्म संञ्चालन गर्ने गरिएको हो ।

तालिममा सामुहिक चुल्हो संञ्चालन प्रभावकारी भएमा कार्यक्रमले राखेको उदेश्य सफल हुने हुरेण्डेक उदयपुरको भनाई छ । सामुहिक चुल्होल अन्तर्गत कुपोषको पहिचान, कुपोषणको अग्रिम रोकथाम, कुपोषण भएकाहरुलाई रिकोभर, कम तौलको बच्चाहरुको पहिचान सँगै स्वास्थ्य बच्चा निर्माणका कार्यहरु पर्दछ । यी कार्यहरुलाई नै प्रभावकारी भुमिकामा कार्यन्वयनमा लागु गर्न सहजकर्ताहरुलाई तालिमको व्यवस्था गर्दै आईएको हो । सामुहिक चुल्होले आफ्नै स्थानीय उत्पादनको मात्रा र भिटामिनहरु मिलाएर पोषणयुक्त खाना तयार गरी बालवालिकाहरुलाई स्वास्थ्य तर्फ उन्मुख गराउने गर्दछ । सोही स्थानीय उत्पादनले बच्चाहरुको लागि पोषणयुक्त लितो र जाउलो निर्माण गरी बच्चाहरुलाई खुवाईने गरिन्छ । यसले कुषोषण बच्चाहरुमा सुधार ल्याउने गर्दछ । कार्यक्रमलाई वल्र्ड भिजन इन्टरनेशनल नेपालले सहयोग गरेका छन् । तालिमलाई कार्यक्रम व्यवस्थापक सुवेदी, पोषण फिल्ड अधिकृत प्रदिप रायमाझी, पोषण अधिकृत प्रशन्न कार्की र फिल्ड अधिकृत यम कुमारी गौतमले सहजीकरण गरेका थिए ।