
पूर्णपुष्टि, भदौ २
एक सय सत वर्षपछि पृथ्वीमा अहिलेसम्मकै धेरै तापक्रम मापन गरिएको छ । हिजो अमेरिकाको क्यालिफोर्नियामा रहेको डेथ भ्याली नेशनल पार्कमा १ सय ३० डिग्री फरेनहाइट अथवा ५४.४ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।
अमेरिकी राष्ट्रिय मौसम सेवाले तापक्रम प्रमाणित गरेको हो । अमेरिकाको पश्चिमी तटमा रहेको यो क्षेत्रमा अझै तापक्रम अझ बढ्न सक्ने अनुमान गरिएको छ ।
यसअघि सन् १९१३ मा यही ठाउँमा एक सय ३४ डिग्री फरेनहाइट अथवा ५६.६ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो ।
त्यस्तै ट्युनिसियामा सन् १९३१ मा १ सय ३१ डिग्री फरेनहाइट तथा ५५ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो ।
