
पूर्णपुष्टि, जेठ १६ ।
उदयपुरको त्रियुगा नगरपालिकाको १० नं. वडाको वडाध्यक्ष पदमा बराबरी मत आएपछि अव चिठ्ठा प्रणालीबाट अन्तिम टुङ्गो लगाउने भएको छ । रुख र सुर्यमा बराबरी मत १०५३/१०५३ आएको हो ।
मत बराबरी आएपछि जीतको टुङ्गो लगाउन बसेको छलफलले चिठ्ठाबाट टुङ्गो लगाउने निर्णय गरेको जानकारी आएको छ । मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालका अनुसार मत बराबरी भएमा चुनावी नियमानुसार गोलाप्रथाबाट अन्तिम टुङ्गो लगाइनेछ । सो वडाको हकमा पनि त्यहि गरिने मुख्य निर्वाचन अधिकृत सिलुवालको भनाइ छ । वडाध्यक्षमा काङ्ग्रेसको प्रकाश खड्का र एमालेको किरण पाण्डेबीच टक्कर मत चल्दै आएकोमा अन्तिममा पनि बराबरी भएको हो ।
