Wednesday, April 22News That Matters

११० बर्षकी बृद्धालाई सम्मान गर्दै ताप्लीमा आदिवासी जनजातिको प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न

पूर्णपुष्टि, चैत्र ८
नेपाल आदिवासी जनजाति माहासंघ ताप्ली गाउँपालिकाको आयोजनामा संञ्चालित आदिवासी जनजातिहरुलाई प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पालिकाको ५ ओटै वडाहरुमा चैत्र १ देखि सुरु भएको कार्यक्रम सोमवार सम्पन्न भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा आदिवासी जनजातिहरुलाई आफ्नो हक अधिकार र स्वतन्त्रताको बारेमा सचेत गराउन प्रशिक्षणको आयोजना गरिएको नेपाल आदिवासी जनजाति माहासंघ ताप्ली गाउँपालिकाको अध्यक्ष फडिन्द्रि राईले जानकारी गराए । प्रशिक्षण सँगै ताप्ली गाउँपालिकाको ५ ओटै वडाहरुमा रहेका २९ जना जेष्ठ नागरिकहरुलाई समेत सम्मान गरिएको छ ।

उक्त सम्मान कार्यक्रममा पालिकाको ४ नं वडा ठानागाउँमा रहेकी ११० बर्षिया जेष्ठ नागरिक थुप्रिमाया सुनुवार सहित २९ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको अध्यक्ष राईले जनाए । आफ्नो छोराबुहारी सँगै बृद्ध भत्ता खाँदै आएकी सुनुवारलाई कार्यक्रम टोलीले घरमै पुगेर सम्मान गरेका थिए । सम्मान कार्यक्रममा जेष्ठ नागरिकहरुलाई साडी, चोला, छाता, दौरा सुरुवाल ढाकाटोपी प्रदान गर्दै सम्मान प्रदान गरिएको थियो ।

यस प्रशिक्षणले आदिवासी जनजातिहरुलाई निकै चेतनाको विकास तर्फ लैजाने सहभागीहरुले जनाएको छ । उनिहरुले आफुहरुलाई आपफ्नै हकअधिकारको बारेमा धेरै प्रष्ट नभएको जनाउँदै यस प्रशिक्षणले आदिवासी जनजातिहरुको स्वतन्त्रता र हक अधिकार धरै गुमेको पाईएको जनाए । अब यसको विरुधमा कुनै पनि संघर्ष गर्न सक्ने समेत प्रशिक्षणले सिकाएको सहभागीहरुको भनाई छ । सम्मान तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन नेकपा एमालेको नेता तथा ताप्ली गाउँपालिका इन्चार्ज बाबुराम राईले गरेका थिए । कार्यक्रम पालिकाको १ नं वडा ओख्लेबाट सुरु भई ५ नं वडा रुपाटारमा सम्पन्न भएको थियो ।