१२२ केजी गाँजासहित एक जना पक्राउ

पूर्णपुष्टि, कार्तिक २४
एक सय २२ केजी गाँजासहित मकवानपुरबाट एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मनहरि गाउँपालिका–९ जयसिहं सडक खण्डबाट प्रहरीले राक्सिराङ गाउँपालिका–२ का ४२ वर्षीय नरबहादुर मुक्तानलाई गाँजासहित पक्राउ गरेको हो ।
आज बिहान शङ्कास्पद रुपमा गाँजा लिएर निकासी गर्न लागेको अवस्थामा मुक्तानलाई एक सय २२ केजी गाँजासहित पक्राउ प्रहरीले जनाएको छ ।
मुक्तानलाई सोधपुछ गर्दा शङ्कास्पद सामानको सुरक्षा गरिरहेको बुझिएपछि नियन्त्रणमा लिइ सामान जाँच गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ परेका मुक्तानलाई गाँजासहित नियन्त्रणमा लिइ थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: