
पूर्णपुष्टि, बैशाख १५
निवर्तमान वडाअध्यक्ष तथा १३ नं वडाका उम्मेदवार पशुपति चौधरीले निरन्तर विकासका लागी अनुभवी नेतृत्वको जरुरी रहने जनाएकी छिन् । चौधरीले ५ बर्ष १३ नं वडाको नेतृत्व सकाएर पून : उम्मेदवारी दिँदै ५ बर्षको कार्याकालले आफुलाई निकै अनुभव सावित गरेको जनाईन् ।
उनीले आफ्नो एजेण्डाहरुलाई पुरा गरी सफलपूर्वक ५ बर्षे कार्याकाल सम्पन्न गरेको समेत जनाईन् । ७४ सालको चुनाव जित्दै गर्दा जनताहरुलाई दिएको आश्वासन पुरा गरेर मैले वडाको नेतृत्वबाट विदा लिएकी छु, म फेरी वडाको निरन्तर विकासको गति बढाउन र छुटेको योजनाहरु पुरा गर्न उम्मेदवारीका साथ तपाईहरु सामु आउन पूनः उम्मेदवारी दिएकी हुँ, चौधरीले भनिन्” चौधरीले नयाँहरुलाई सिक्न ५ बर्ष लाग्ने र विकासको गतिमा ढिलाई हुने भएको भन्दै वडाको छितो छरितो विकासका लागि नै आफ्नो प्रमुख उम्मेदवारीको कारण समेत जनाईन् ।

जनताको सबै माग पुरा गर्न कुनै पनि जनप्रतिनिधिहरुलाई सम्बभ छैन, मैले त्यो वडामा महिला जनप्रतिनिधि भएर काम गर्दा निकै चुनौतीहरु पनि खेपे तर हरपल जनताहरुकै काममा लागि परे, चौधरीले भनिन्,” उनले धेरै जनताहरुको गुनासो रहेको र त्यो सम्भव भए सम्म सबै गर्ने कोशिस रहेको जनाईन् । उनले वडामा सडक, स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत, कृषि तथा पशुपालन जस्ता कार्यलाई सफल बनाएको छ भने, महिला मैत्री वडामा समेत योगदान पुराएको छ ।
महिलै महिलाहरुले चलाएको उक्त वडामा वालवालिका, जेष्ठ नागरिकहरुलाई बिषेश बजेट नै छुटाएर बिभिन्न तालिम, अन्तरक्रिया, सम्मान, अनुदान वितरण जस्ता महिलामुखी कार्यक्रमहरुलाई वडाले बिषेश प्राथाकिता दिएर लागि परेको जनाईन् ।
चौधरीले वडाको सबै आवश्यकहरु एकै चोटी सम्भव नहुने समेत जनताहरु समक्ष सुझाएकी छिन् । विकास भनेको क्रमागत हुने हँदा कुनै टोलमा आवश्यक अनुसार बढी पनि भयो होला र कुनैमा भएन पनि होला यो सबैको समस्याको रुपमै स्थापित चुनौती हो, उनिले भनिन्,” चौधरीले अब थप जनताहरुले एक पटक नेतृत्व पुराएमा सबैको मागहरु ५ बर्ष भित्र पुरा गर्न सकिने प्रतिवद्धता समेत जनाईन् ।
