
पूर्णपुष्टि, १६ असार ।
त्रियुगा नगरपालिका १४ नं वडाले ९ जना सुत्केरी आमाहरुलाई स्वस्थ्य पोषणका सामाग्र वितरण गरेको छ । आईतबार स्वास्थ्य चौकीमै सुत्केरी आमाहरुलाई उपस्थित गराई सामाग्री वितरण गरिएको हो । वडा अध्यक्ष हिम मगरका अनुसार एक बोरा चामल, एक बट्टा घिउ, एक झोला सावु र एउटा भाले प्रदान गरिएको हो । आफ्नै स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरी महिलाहरुलाई यो सुविधा दिईएको अध्यक्ष मगरले जनाए । स्वाथ्य चौकी प्रमुख योगेन्द्र श्रेष्ठले यस बर्ष साउने स्वास्थ्य चौकीमा ९ जना महिलाहरुले सेवा लिईएका थिए ।

आफ्नै वडामा रहेको वर्थिङ सेन्टरमा बच्चा जन्माउन प्रोत्साहन गर्दै उक्त पोषण सामाग्री वितरण गरिएको हो । वडाका अन्य धेरै महिलाहरुले बाहिर गएर सुत्केरी गराएपनि ९ जनाले भने वडाकै स्वास्थ्य चौकीमा सुत्केरी गराएका थिए । वडामै सुत्केरी गराउने महिलाहरुलाई मात्रै यो सुविधा दिईएको छ । उक्त सामाग्र पाएपछि आमाहरुको मुहारमा खुसी छाएको छ । सुरक्षित बच्चा जन्माउन पनि सहज अनि सुत्केरी र आमाको लागि आवश्यक पोषण सामाग्री पनि पाईने भएपछि उनिहरुमा खुसी छाएको हो । आउँदो दिनहरुमा पनि वडा स्वास्थ्य कार्यालयमै बच्चा जन्माने र अरुलाई पनि जन्माउन सल्लाह दिने सुत्केरी आमाहरुले जनाईन् ।
