
पूर्णपुष्टि, १६ असार ।
त्रियुगा नगरपालिका वडा नं १४ साउने स्वास्थ्य चौकीलाई न्यानो नानि (बेवी वारमर) प्रदान गरिएको छ । ज्योति बिकास बैँक गाईघाट शाखाले बच्चा सेकाउनका लागि न्यानो मेशिन प्रदान गरेको हो । राष्ट्रिय आविस्कार केन्द्र नेपालले पहिलो पटक निर्माण गरेको ८० हजार बराबरको उक्त मेशिन साउने स्वास्थ्य चौकिलाई प्रदान गरेको हो । साउने स्वास्थ्य चौकी प्रमुख योगेन्द्र श्रेष्ठले अत्याधुनिक मेशन प्राप्त गरेको जनाए । स्वास्थ्य चौकीलाई थुप्रै मेशनरी सामाग्रीहरुको आवश्यक रहेको अवस्थामा ज्योति बिकास बैँकको सामाजिक कार्य मार्फत न्यानो नानी प्राप्त भएपछि सेवामा थप सहज भएको श्रेष्ठको भनाई छ । शिशु मृत्यु दरको दोस्रो समस्याको रुपमा रहेको बच्चाहरुलाई लाग्ने चिसो अब समधान हुने श्रेष्ठले जनाए ।
बच्चाहरु मृत्युदरको पहिलो कारण भनेको निसास्निे र दोस्रो मृत्यु दर भनेको चिसो लाग्ुन प्रमुख श्रेष्ठले जनाए । अब भने साउनेका बच्चाहरुलाई चिसो बाट बचाउन उक्त मेशिनले सहयोग गर्ने जनाए । वडा अध्यक्ष हिम मगरले मेशिन प्रदान गर्ने संस्था प्रति हार्दिक धन्यवाद व्यक्त गरे । स्थानीय सरकारको स्रोत साधनको अपुगले आवश्यक स्रोत साधन बिनै काम गर्न बाध्य स्वास्थ्य चौकीलाई मेशिन उपलब्ध गराई सुविधा सम्पन्न गर्न सहयोग पुराएको अध्यक्ष मगरले जनाए । उनले यी महत्वपूर्ण मेशिनहरुले १४ नं वडाका सुत्केरी आमाहरुले बच्चालाई तातोबाट बचाउन सक्ने भन्नै खुसी ब्यक्त गरे ।
पूर्व वडा अध्यक्ष समेत रहेका कुरुङ राईले साउने स्वास्थ्य चौकीलाई प्रविधिमय बनाउन न्यानो नानी मेशिनले थप सहयोग पुराएको जनाए । यस्ता खाले मेशिनहरु थप सहयोग गर्दै जान सहयोग दाताहरुलाई राईले अनुरोध गरे । यस्तै बैँकका बजार व्यवस्थापक कुशलजंङ् अधिकारीले बैँकको संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत उक्त मेशिन प्रदान गरेको जनाए । बैँकले समाजमै रहेको मानिसहरुको आर्थिक कारोबार गर्ने भएकाले बैँकको खुद नाफाबाट डेड प्रतिशत बजेट सामाजिक कार्यमै लगानी गर्ने भन्दै सोही बजेटबाट १४ नं वडा स्वास्थ्य शाखालाई मेशिन प्रदान गर्न सफल भएको जनाए । मेशिन पूर्व वडा सचिव रित कुमार राउतको पहलमा उक्त वडामा हस्तान्तरण गरिएको हो ।
