Friday, June 12News That Matters

१४ नं वडामा बिजयी हिमराज मगरको वडा सदस्य बाट अध्यक्षमा छलाङ

पूर्णपुष्टि, जेष्ठ १२
माओवादी बाट बिजयी हाँसिल गरेका १४ नं वडाका हेम मगर पहिलो निर्वाचनमा वडा सदस्य बिजयी बनेका थिए । उनले वडासदस्यको रुपमा ५ बर्ष कार्यकाल सम्हाले । वडासदस्यको पहिलो कार्याकाल सकिए सँगै मगरले दोस्रो कार्याकालमा वडाअध्यक्षको उम्मेदवारी दिए । नेकपा माओवादी र नेकपा एसको संयुक्त गठबन्धन बाट उनले टिकट पाए । ३७ बर्षिय युवा पुस्ताका मगरले एमालेका ४६ बर्षिय मेघ जित राईलाई पराजित गरी अध्यक्षमा बिजयी हाँसिल गरे भने कांग्रेस प्रतिस्पर्धामै आउन सकेन ।

मगर सहित सो वडाबाट संयुक्त गठबन्धनको प्यानलै बिजयी बन्न सफल भएको माओवादीको पकट रहेको सो वडामा पहिले पनि माओवादीकै कुरुङ राईले जितेका थिए । सो वडामा खुल्ला सदस्य तर्फ माओवादीका नारायण वहादुर राईले ६०६ मत र एक बहादुर कटुवाल ५७९ मत प्राप्त गरी बिजयी हाँसिल गरेको छ । यता खुल्ला महिला वडा सदस्य तर्फ पनि माओवादीकी रेखा थापा मगरले ६१३ मत ल्याई बिजी गरिन् । दलित महिला सदस्य तर्फ ५९३ मत ल्याउँदै माओवादीकै केशरी माया नेपाली जित निकालिन ।