Saturday, June 20News That Matters

१५ नं वडाका युवा व्यवसायीहरुद्धारा पहिरो पिडितहरुलाई राहत तथा आर्थिक सहयोग

पूर्णपुष्टि, ४ साउन
त्रियुगा नगरपालिका १५ नं वडाका युवा व्यवसायीहरुले पहिरो पिडितहरुलाई राहत तथा नगद सहयोग गरेको छ । गत असार २५ गते सोही वडाका तोरीबारीमा गएको पहिरोमा परी एक जनाको ज्यान जानुका साथै एक जना घाईतेको उपचार भैरहेको छ । पहिरोले २० घर उच्च जोखिममा पारेको छ । उच्च जोखिम परिवार र पहिरोमा पुरिएका घरपरिवारलाई सोही वडाका युवा व्यवसायीहरु बिष्णु राई लाललशेर राई लगायतको पहलमा ८२ हजार बढीको राहत र १८ हजार नगद आर्थिक सहयोग गरिएको हो ।

व्यवसायी तथा समाजसेवी विष्णु राईका अनुसार चामल २० प्याकेट, ३ काटुन खाने तेल, त्यास चुला ४ पिस, नुन ५० केजी, दाल २५ केजी दिईएको छ भने पहिरोले पुरिएको परिवारलाई भने घरबासको लागि सिरक, तन्ना, सिरानी ग्याँस र जस्ता प्रदान गरिएको छ । उक्त राहत र आर्थिक सहयोग वडा अध्यक्ष गणेश तिमिल्सिना र विपद व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । बिष्णु राई यातायात व्यवसायी हुन भने लालशेर राई होटल व्यवसायी हुन उनिहरुको पहलमा देश विदेशमा रहेकाहरुलाई समेत आर्थिक आह्वान गरी १ लाख बराबरको सहयोग जुटाएका थिए । उक्त राहत सामाग्री सगरमाथा डिपार्ट मेन्टका संञ्चालक किरन राईको नेतृत्वमा हस्तान्तरण गरिएको हो ।