
पूर्णपुपिष्ट, बैशाख २०
त्रियुगा नगरपालिका १६ नं वडाका गठबन्धन अध्यक्ष उम्मेदवार मान वहादुर राईको नेतृत्वले वडामा चुनावी प्रचारलाई व्यापक बनाएको छ । चुनावी प्रचारको क्रममा वडाको बिभिन्न ठाउँमा आफ्नो उपस्थितिलाई तिव्र बनाउँदै राई सहितका उम्मेदवारले वडावासीहरुको मन समेत जितेको छ ।
मंगलबार राई लगायत वडा सदस्यहरु र सयौँ कार्यकर्ताहरुले चुनावी प्रचार र महत्वपूर्ण एजेण्डाहरु सहित जनताको घरघर पुगेर चुनावको प्रचार गरेका थिए । बिकट वडाका कारण चुनाव प्रचारमा निकै चुनौती रहेपनि जनताको महत्वपूर्ण मतबाट वडावासीको जिवनस्तर उन्नतिमा विकास गर्न आफुहरु लागि परेको उम्मेदवार राईले जनाए । राईका अनुसार लगभग वडाका सबै टोलहरुमा आफ्नो उपस्थिति सँगै वडावासीहरुलाई कामको एजेण्डा प्रस्तुत गरिसकेको जनाए ।

१६ नं मा पहिलो दिन १७ गते धौरी, सुकौरा र ब्याङ्री, १८ गते सिंजाली र आहाले, १९ गते सिम्ले, कर्कले र चिलाउने २० गते फोक्सीन्टार, सिद्रे, आम्वोके, डिहिटार, बेल्दोवान र साहिखोलामा चुनावी प्रचारको कार्यक्रम सम्पन्न गरेको छ । राईका अनुसार भोली लगभग भोर्लेमा कार्यक्रम गरी प्रचारलाई सम्पन्न गर्ने समेत जनाए । राई त्यस वडाको बौद्धिक जनप्रतिनिधि र वडावासीको अविभावकत्वको रुपामा परिचित अनुहार हो ।

