
पूर्णपुष्टि, १८ फागुन ।
त्रियुगा नगरपालिका वडा नं १६ मा संञ्चालन गरिएको निशुल्क स्वास्थ्य सिविरमा ९४ जना बिरामीहरुले प्रत्यक्ष रुपमा सेवा लिएका छन् । १६ नं वडा कार्यालय र बिहानी महिला सामुदायीक संस्था सुकौराले वडावासीहरुलाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको हो । यस सिविरलाई जिल्ला अस्पताल उदयपुर, सुखायु आयुर्वेद अस्पताल गाईघाट, त्रिुयुगा नगरपालिका स्वास्थ्य शाखा र जाल्पा चिलाउने स्वास्थ्य चौकीले सहयोग तथा समन्वय गरेको छ ।

वडा अध्यक्ष मानवहादुर राईका अनुसार वडाको आर्थिक बर्ष २०८०/८१ को स्वीकृत बार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत सिशिर संञ्चालन गरिएको हो । सिविरमा महिलाहरुले बिषेश सेवा लिएको अध्यक्ष राईको भनाई छ । जस अन्तर्गत ५५ महिलाको बच्चादानीको परिक्षण, १७ जनाको पायल पिस्टुला परिक्षण, २७ जनाको भिआईए जाँच र अन्य १४ जना बिभिन्न बिरामीहरुको निशुल्क स्वास्थ्य परिक्षण तथा उपचार गरिएको अध्यक्ष राईले जनाए ।

भिआईए जाँच गरिएको २७ मध्ये ३ जनालाई भिआईए पोजेटिभ फेला परेको छ । उनिहरु तिनैजनालाई रिङ लगाईएको जिल्ला अस्पताल उदयपुरले जनाएको छ । यता सुखायु आयुर्वेद अस्पताल गाईघाटका अनुसार १७ जना परिक्षण गरिएको मध्ये ६ जनाको अप्रेसन नै गर्नु पर्ने जनाईएको छ । यो रोग बढि जसो युवा पुस्ताहरुमा बढी देखिने गरेको अस्तालले जनाए । साझेदारीमा संञ्चालन महिला लक्षित यस प्रकारको स्वास्थ्य सिविरले विकट भुगोलका महिलाहरुलाई प्रत्यक्ष रुपमा फाईदा पुगेको वडाले जनाएको छ । बिकट ठाउँमा कम्जोर आर्थिक अवस्था भएका बिरामी महिलाहरुलाई स्वास्थ्य क्षेत्रमा सिविरले उकास्ने काम गरेको भन्दै वडावासीहरुले खुसी ब्यक्त गरेका छन् ।
सिविरले समयमै स्वास्थ्य उपचारमो पहुँच पुराई ठुला असरहरुबाट बचाएको र स्वास्थ्य शरिरको लागि सचेत गराएको समेत वडावासीहरुको बुझाई छ । अध्यक्ष राईले उपचार गर्नु पर्ने विरामीहरुलाई सहज र छुट सहितको उपचारमा वडा कार्यालयले पहल गर्ने जनाए । सिविरको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख गौर बहादुर विश्वकर्माले गरेका थिए । बिहानी महिला संस्थाकी अध्यक्ष कुमारी राईको सभाध्यक्ष, जिसस प्रमुख विश्वकर्माको प्रमुख आथित्यतामा सिविर सम्पन्न भएको थियो । कार्यक्रममा जिसस सदस्य गोमा कार्कीले स्वागत मन्यव्य राखेकी थिईन् । सिविरलाई साथ सहयोग गरी सफल बनाउन सहभागी सम्पूर्णमा वडा कार्यालयले हार्दिक धन्यवाद ब्यक्त गरेको छ ।



