
पूर्णपुष्टि, फागुन ३
१६ नं वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत महत्वपूर्ण ४ योजनाको उद्घाटन, १०९ घरधुरीले पाए रोजगार त्रियुगा नगरपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत४ योजना मंगलबार उद्घाटन भएको छ । योजनाको उद्घाटन त्रियुगा नगरपालिकी उपमेयर देवी कुमारी चौधरीले गरिन् । १६ नं वडाको अयोजनामा बिभिन्न महत्वपूर्ण ४ योजनाको औपचारिक उद्घाटन सँगै रोजगार पाएको व्यक्तिहरुलाई एक दिने अभिमुखीकरण तालिम समेत दिएको छ । वडा भित्र रहेका बिकट स्थानहरुमा विकासको योजना पुराउँदै काम सुरु गरिएको वाड अध्यक्ष मान वहादुर राईले जनाए ।

अध्यक्ष राईका अनुसार आर्थिक बर्ष २०७८र ०७९ मा सन्चालित ४ ओटा योजनाहरु गोरेम्पा रातमाटे चमेरे सडक, सिम्ले राता पानी सडक, सिमलपानी खरिटार आधारभूत विद्यालय सडक र तिनधारे आँपडाँडाँ सडकको उद्घाटन सँगै काम अगाडी बढाईएको जनाए । रातमाटे चमेरे सडक २ हजार २ सय पचार मिटर लामो सडक रहेकोमा २० जना मजदुरहरुलाई खटाईएको छ ।

यस्तैगरी ससिम्ले राता पानी सडक योजना २ हजार ७ सय मिटर रहेको छ यो बाटो सिम्ले बाट रातापानी हुँदै डहर सम्म जोडिने बाटो रहेको भने यसको लागि ४२ जना मजदुरहरु खटाईएको छ । यस्तै वडाकै विकट ठाउँ तिनधारे आँपडाँडाँ सडक १५ सय मिटरको हाराहारीमा रहेको जनाईएको छ यहाँ पनि २० जना कामदारहरु खटाईएको छ । यता सिमलपानी खरिटार आधारभूत विद्यालय सडक भने सबै भन्दा लामो १७ सय ४० मिटर रहेको वडाले जनाएको छ । यहाँ भने २७ जना कामदारहरु खटाईएको छ ।

यस रोजगार कार्यक्रममा बिषेश गरी महिला, दलित, जनजाति र अति विपन्न मजदुरहरुलाई प्राथामिकता दिएर काम सुरु गरिएको वडा अध्यक्ष राईले जनाए । योजना उद्घाटन सँगै कामदारहरुलाई १ दिने अभिमुखी करण समेत दिईएको वडाले जनाए । कार्यक्रम प्रमुख अतिथि देवी कुमारी चौधरी सहित निर्देशक समिति सदस्य तथा वडा नम्बर १० का वडा अध्यक्ष प्रकाश कुमार खड्का , रोजगार सम्योजक निशा घले , ईन्जीनियर रमेश चन्द्र ढुङ्गाना र प्राविधिक अनिल दनुवारको सहितको सम्पूर्ण सम्बन्धित व्यक्तिहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

