
पूर्णपुष्टि, फागुन ३
गाईघाटमा पनि अब प्रयोगात्मक परिक्षाको लागि आफ्नै सवारी प्रयोग गर्न पाउने भएको छ । हाल सम्म गाईघाटमा परिक्षार्थीहरुले ट्रायल सेन्टरकै सवारीमा प्रयोगात्मक परिक्षा दिरहेको अवस्थामा अब भने आफ्नै सवारी बाट ट्रायल दिन पाईने यातायात व्यवस्था तथा सेवा कार्यालय गाईघाटले जनाएको छ । कार्यालयले सूचना प्रकाशन गर्दै उक्त जानकारी गराएको छ ।
आफ्नै सवारी बाट ट्रायल दिन भने केहि विधिहरु समेत अपनाउनु पर्ने सूचनामा उल्लेख गरिएको छ । यसका लागि बिल बुक नविकरण हुनु पर्ने, सवारी साधनको तेस्रो पक्षको अनिवार्य विमा, ट्रायल दिन आउँदा लाईसेन्स भएको व्यक्ति सँग आउनु पर्ने, सवारी साधन सवारी चालक अनुमति पत्र परिक्षा संञ्चालन कार्यविधि निर्देशिका २०७७ ले निर्देशिक गरेको मापदण्डबमोजिम भएको हुनु पर्ने जस्ता कार्यहरु भने अनिवार्य रहेको समेत कार्यालयले जनाएको छ ।यो नियम फागुन ५ गते बाट लागु हुने सूचनामा उल्लेख छ ।

