Wednesday, April 22News That Matters

१८ बुद्धे घोषणा पत्र सहित प्रदेश स्तरीय सामुदायिक पुस्तकालय सम्मेलन सम्पन्न, कस्तो छ घोषणा पत्र ?

पूर्णपुष्टि, १५ बैशाख ।
शुक्रबारदेखी उदयपुरमा संञ्चालन भएको कोशी प्रदेश स्तरीय सामुदायिक पुस्तकालयको सम्मेलन सम्पन्न भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले उद्घाटन गरेको उक्त सम्मेलन १८ बुद्धे घोषणा पत्र जारी गर्दै हिमालय होटलमा सम्पन्न भएको हो । घोषणा पत्रमा पुस्तकालय व्यवस्थापनलाई बिषेश प्राथामिकता दिईएको छ । सम्मेलनले प्रदेशको दोस्रो कार्यसमिति पनि निर्माण गरेको छ । पूर्व अध्यक्ष समेत रहेको भरत खड्काकै नेतृत्वमा दोस्रो प्रदेश कार्यसमिति तय गरेको हो । १४ ओटै सामुदायिक पुस्तकालयहरुको उपस्थितिमा सम्मेलन भव्य सम्पन्न गरिएको अध्यक्ष खड्काले जनाए । “पुस्तौँ पुस्ताका लागि पुस्तकालय, सवल समाजको आधार पुस्तकालयको विकास र विस्तार, एक स्थानीय तह एक नमुना पुस्तकालय हाम्रो अभियान भन्ने नारालाई जोड गर्दैै देशैभरीका ७ ओटै प्रदेशलाई पुस्तकालयमय बनाउने अध्यक्ष खड्काको भनाई छ ।

यस्तो छ घोषणा पत्र ।