
पूर्णपुष्टि, साउन २८
१ न. प्रदेश सभा सदस्य कुसुम श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँले सामाजिक सञ्जालमार्फत् सङ्क्रमण पुष्टि भएको जानकारी गराउनुभएको हो ।
आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन आग्रह गर्नुभएको छ । धनकुटाबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसद श्रेष्ठ सुनसरीको इटहरीमा बस्दै आउनुभएको छ ।
प्रदेश सभा सदस्यमा कोरोना सङ्क्रमण देखिएको यो पहिलो घटना हो । यसअघि विराटनगर निवासी प्रदेश १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यसहित उहाँको परिवारमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
सांसद श्रेष्ठले केही दिन अगाडि ज्वरो आएर स्वास्थ्यमा समस्या भएपछि जाँच गर्दा कोरोना पोजेटिभ देखिएको बताउनुभयो । अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँका श्रीमानमा पनि सङ्क्रमण पुष्टि भएको जनाईएको छ ।
