२ केजी भन्दा बढी चाँदीको सर–समान सहित एक भारतीय युवक पक्राउ

पूर्णपुष्टि, माघ २६ । मोरङमा चाँदीको सर–समान सहित १ भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया आमगाछी पञ्चायत–१३ का २२ बर्षीय मोहमत अलताफ रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार रङगेली नगरपालिका–७ कालीमन्दिर चोकबाट साँढे २ केजी भन्दा बढीको चाँदीका सर–समान उनलाई पक्राउ गरिएको हो । अबैध रुपमा चाँदीका समानहरु ओसार पसार भईरहेको भन्ने बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले बिहिबार बिहान ११ बजे अलताफाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अलताफको साथबाट प्रहरीले चाँदीको पाउजु ६९ जोडी, चाँदीको लोटा २५ थान, चाँदीको कलस ६ थान गरी जम्मा २ के.जी.५४८ ग्राम चाँदी बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0