Sunday, June 28News That Matters

कोसीटप्पुको रैथाने हात्ति मुकुनालाई मार्ने तयारी

पूर्णपुष्टि,मंसिर ३०

कोसि टप्पुको रैथाने भाले हात्ति मुकुनालाई मार्ने तयारी भएको छ । कोसि टप्पु वन्य जन्त आरक्षण भित्र रहेको मुकुनाले ३ बर्षको अबधिमा करिब १८ जना मानिसको ज्यान लिएपछि मार्ने तयारीमा सुनसरी प्रसान पुगेको हो ।

जनताको माग अनुरुप हात्ति मार्ने निर्णय भईरहेको सुनसरी प्रसाशनले जनाएको छ । आरक्षण बाहिर निस्केर आतंकि मच्चाउँदै मान्छे मार्न थालेपछि स्थानीयहरुले मार्नु पर्ने माग अघि सारेको छ । मार्ने नर्णयनै लिनसकेको भएपनि जनताहरुको मागलाई सम्बोधन गरी निर्णय गर्ने जनाएको छ । प्रशासनको अनुसार उनिहरुको माग मार्ने नै रहेको छ ।

’ सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जनताको मागअनुसार नै निर्णय गरिने जनाएको छ ।

सोमबार मात्र मकुनाको आक्रमणबाट कोसी गाउँपालिका(६ का ३२ वर्षीय प्रमोद यादवको मृत्यु भएको थियो। गँहुबारीमा पानी लगाउन जाने क्रममा बिहान साढे ५ बजे ‘मकुना’ले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । ’

आरक्षका प्रमुख संरक्षण अधिकृत (वार्डेन) चन्द्रशेखर चौधरीका अनुसार जंगली जनावर ह्रिंसक वा पागल भएमा कानुनअनुसार मार्न सकिने बताउनुभयो । स्थानीय प्रशासन ऐनमा मार्न सक्ने प्रावधान रहेको चौधरीले बताउनुभयो ।

स्थानीय प्रशासन ऐन मात्र हैन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा १० को उपदफा (क) मा बौलाएको हात्ती मार्न सक्ने व्यवस्था रहेको वार्डेन चौधरीले बताउनुभयो ।

‘बहुलाएको जङ्गली हात्ती, मानिस खान पल्किएको बाघ र नबाँच्ने किसिमले रोगग्रस्त भएका वा अङ्गभङ्ग भएका वन्यजन्तुलाई तोकिएको अधिकारीको आदेशले मार्न वा पक्रन सकिने,’ चौधरीले बताउनुभयो ।

हात्ती नियन्त्रणमा लिनुपर्ने जनताको गुनासो आएपछि मार्ने योजनाअनुसार कोसीटप्पु वन्यजन्तु आरक्षमार्फत् राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा लेखिपठाउने तयारी भइरहेको कोसी गाउँपालिकाका अध्यक्ष ऐयबु अन्सारीले बताउनुभयो ।