४२ औँ सामाजिक दिवसको अवसरमा एकल महिला समुह उदयपुरले आफ्नो पहिलो बार्षिक साधारण सभा गर्यो

पूर्णपुष्टि, असोज १०
मानव अधिकारका लागि महिला, एकल महिला समुह उदयपुरले ४२ औँ समाजिक दिवसको अवसर पारी आफ्नो प्रथम बार्षिक साधारण सभा गरेको छ ।
आईतबार गाईघाट स्थित संगम पुस्तकालयको सभाहलमा एकल महिलाहरुको ठुलो उपस्थितिमा बार्षिक साधारण सभा गरेको हो । यस संस्थाले एकल महिलाहरुको हक अधिकार, पहिचान र पैरवीको कुरा उठाउँदै आएको एकल महिलाहरुको बुझाई छ । एकल महिलाहरुलाई समाजमा सहज बनाउँने उदेश्यले प्रशासनमा दर्ता भई एक बर्ष पुरा भएको उपलक्ष्यमा आफ्नो प्रथम बार्षिक साधारण सभा गरेको संस्थाकी अध्यक्ष शोभा दाहालले बताईन् ।दाहालले हाल यो संस्थामा जिल्लाभरी ११ सय भन्दा बढी एकल महिलाहरु आवद्ध रहेको बताईन् । संस्थाले एकल महिलाहरुको हितमा बिभिन्न कामहरु गर्दै आईरहेको पनि दाहालले बताईन् । उनिले पहिले एकल महिलाहरुलाई समाजमा खुलेर हिड्न निकै अप्ठेरो हुने र एकल महिलाहरु प्रति समाजको दृष्टी भ्रमिक हुने गरेको बताईन् । आफ्नो एक महिलाको पिडा र भोगाई बताउँदै एकल महिलाहरुलाई समाजमा सहज गराउन र भ्रम चिर्न यस संस्थाको आवश्य ठानी एकल महिला समुह निर्माण गरिएको दाहालले बताईन् । यस संस्थामा अवद्ध महिलाहरुले आफु मात्रै एकल महिला नभएको महसुस गरेको बताए । संस्थामा आएपछि एकल महिलाहरुको ठुलो सहभागीताले आफुहरुपनि कुनै एक समुह र समाजमै रहेछौँ भन्ने महसुस भएको उनिहरुको भनाई छ ।
एकल महिलाहरुको क्षेत्रमा दोस्रो ठुलो संस्थाको रुपमा रहेको यस समूहले एकल महिलाहरुको निम्ती आवाज उठाउने गरेको संस्थाले जनाएको छ । एकल महिलाहरुलाई स्वतन्त्रताको महसुस गराउन संस्थाले बिभिन्न चेतनामुलक कार्यक्रम तथा पैरवीको कार्यक्रमहरुलाई अगाडी बढाएको संस्थाकी सचिव कल्पना ढकाल राईले बताईन् । संस्थाले एकल महिलाहरुको क्षेत्रमा उदाहरणीय काम गर्दै आएको भएपनि आफ्नै आर्थिक स्रोत नहुँदा संस्था संञ्चालनमा ठुलो चुनौती देखिएको उनिले बताईन् ।
उनीले बर्षभरी गरेको कामको अनुव र एकल महिलाहरुका लागि स्थापना भएको यस संस्थाको उदेश्य, चुनौती, क्रियाकलाप, उपलब्धी बारे प्रतिवेदन प्रस्तुत गरिन् ।
प्रसस्त आर्थिक स्रोतहरु नहुँदा संस्थालाई थप मजवुद बनाउनमा समस्या रहेको भन्दै सम्बन्धित क्षेत्रहरुमा ध्यानाकर्षण पनि गराएको छ ।
कार्यक्रममा प्रदेश सांसद विमल कार्की, अम्विका थापा लगायत बिभिन्न सम्बन्धित निकायहरुले उपस्थिति जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: