Friday, November 14News That Matters

४५ चौकमा “होटल लुहाङ्स” सुरुवात

पूर्णपुष्टि, असार २९ ।
पर्यटकीय हब सोलुखुम्बुबाट ब्यवसायिक योजना र सपनासहित उदयपुरको बसाहा पाइला टेकेका होमबहादुर मगरले पाँचवर्षको अन्तरालमा ब्यवसायिक सफलता देखाउन सफल भएका छन् ।
उनले पाँचवर्षअघि चौदण्डीगढी नगरपालिका –४ बसाहामा एउटा सामान्य क्याफेबाट ब्यवसायिक यात्रा थालनी गरे । क्लाशिक क्याफेबाट ब्यवसाय सुरुवात गरेका उनले दुईवर्षमा “होटल सोलुखुम्बु” सञ्चालन गरे । यो होटल बसाहाकै पहिलो र ब्यवसायिक सफल नमुना होटल बन्नपुग्यो । 
मगरले पारिवारिकरुपमा सञ्चालन गरेको होटलले तीनवर्षमा राम्रो ब्यवसायिक सफलता पाएपछि अहिले बसाहाकै ४५ चौकमा नयाँ होटल “लुहाङस् किचेन”को सुरुवात गरेका छन् । आजैमात्र लामागुरुहरुद्वारा नयाँ होटलको पुजाँपाठ गरी होटल उद्घाटन भएको छ । भोलीदेखि खाना, खाजा, सेकुवा लगायतको राम्रो ब्यवस्थासहित ब्यवसाय सुरुवात गर्ने मगरको भनाई छ ।
उनको क्रमिक सफलताको दुई प्रमुख कारण छन् । पहिलो उनको पारिवारिक अथक मेहनत र दोस्रो पूर्वपश्चिम मदनभण्डारी राजमार्ग । बसाहा हुदै विस्तार भएको मदनभण्डारी राजमार्गले बसाहाको सौन्दर्यतालाई राम्रो बनाएको छ भने ब्यवसायिक तथा ब्यापारिक सम्भावना बढाएको छ । होमबहादुर जस्ता गरिखाने, मेहनतीका लागि अबसर सिर्जना गरिखिएको छ । राजमार्गको सम्भावनालाई बुझेर मेहनतमा होमिएका मगरले राजमार्गमा चल्ने सवारी चालक र यात्रुलाई मनछुने सेवा दिए । त्यसको फलस्वरुप ब्यवसायिक सफलता हात पारे । उनको होटल सोलुखुम्बुमा सवारी साधन र यात्रुले खचाखच भरिभराउ हुन्थ्यो । त्यस ठाउँभन्दा केहीपर पूर्वतर्फ रहेको ४५ चौकमा सुरु भएको नयाँ होटल पनि खाना, खाजानास्ता र राम्रो सेवाका कारण राम्ररी चल्ने मगरको आशा छ ।
“खासगरी यात्रुले चाहे अनुरुपको मिठो र स्वस्थ्य खाना, खाजानास्ता बनाउने छौं ।” मगरले भने “आशा छ सबैले मन पराउने छन् । ग्राहकको सेवा गर्ने मौका मिल्नेछ ।”
पाँचकठ्ठा भन्दा बढि जग्गा लिजमा लिएर आप्mनै लगानीमा संरचनाहरु निर्माण गरी होटल थालिएको छ । होटलका साथै मिनिमार्केट, फ्रेस आइसक्रिम, चिया, कफि र स्थानीय उत्पादन फलफुल, सागसब्जीसमेत राखिएका छन् । अहिले भने मगरले एक्लो रुपमा होटल सञ्चालन भन्दा पनि टिम निर्माण गरी यात्रुहरुलाई आवश्यक पर्ने सबैखाने सेवा र सेवासंग जोडिएका ब्यापार, ब्यावसाय जोडेर थालनी गरेका छन् ।