Wednesday, April 22News That Matters

बिग्रिएको सवारी सडकमै थन्कीदा दुर्घटनाको जोखिम

प्रविन मगर, बेल्टार 
पूर्णपुष्टि, २८ असार ।
उसै पनि उदयपुरको मदन भण्डारी हाईवेमा दिन प्रतिदिन सडक दुर्घटना भैरहेको पाईन्छ । दुई लेनकै सडक सानो भैरहेको यस सडको दुर्घटनामा बिग्रिएको सवारी साधनले सडक ओगड्दा दुर्घटनाको जोखिम थप बढ्ने अवस्था रहन्छ । उदयपुरकाृ चौदण्डिगढी बेल्टार स्थित पुर्ब रामपुर र पश्चिम गाईघाट जाने मेन हाईवएमा बिगत १ हप्ता देखि माल सामान बाहक बुलेरो आलपत्र पर्दा सवारी साधन दुर्घटना हुने जोखिम बढेको छ।

ज्योति क्याम्पस गेटको आगाडिनै रोड्को भाग ओगटेर बसेका ती बुलेरोको कारण दुर्घटनाको जोखिम बन्दै गएको छ। उक्त सवारी साधनलाई सम्बन्धित निकायहरुले व्यवस्थापन गर्न सकिरहेको देखिँदैन । इलाका ट्राफिक प्रहरी बेल्टारले पनि यसवारे जानकारी बिहिन अवस्थामा रहेको देखिन्छ । राजमार्ग बनेको डेढ बर्षमै उच्च दुर्घटना हुने पहिचान बनाएकोमा ट्राफिक प्रहरी र सवारी साधन चालक, धनी कति जिम्मेवार हो ।
अहिले पुर्व पश्चिम गर्ने अधिकाङ्स सवारीहरु यहि राजमार्ग भएर जने भएकोले पनि जोखिम छ। हाईवे सडक भएकोले राति अबेर सम्म सवारी आवतजावतमा व्यस्त रहन्छ । तर यसरीनै अलपत्र परेको अवस्थाका कारण दुर्घटनाको झनै जोखिम भएको छ।

आधिनै लेन डाकेर वसेको उक्त सवारीले पैदल यात्री र साईकल यात्री बाटो अवरोध भएको छ। यसरी बिग्रिएर वसेको सवारीको हकमा गाडी अगाडि पछाडी ट्राफिक बोड चिन्ह राख्नु पर्ने त्याहाका स्थानीय ब्याक्तिहरु बताउछन् ।