
पूर्णपुष्टि, असार २९ ।
प्रगतिशील लेखक सङ्घ जिल्ला शाखा उदयपुरको आयोजनामा आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती भब्यरुपले शनिवार गाईघाटमा मनाईयाे । साे अवसरमा त्रियुगा नगर अन्तर माधयामिक विद्यालय (कक्षा ९–१२) स्तरीय कविता प्रतियोगिता भयाे । प्रतियाेगितामा प्याराडाईज बोर्डिङ्ग स्कुलकी विपना शर्मा प्रथम भएकी छन् ।
निजामती कर्मचारी संङ्गठनको सभाहलमा सम्पन्न प्रतियोगितामा
लक्ष्मीपुर मा.वि. पोर्ताहाकी सुमिक्षा श्रेष्ठले द्धित्तिय स्थान हासिल गरिन् भने सगरमाथा बोडिङ्ग स्कुलकी प्रतिक्षा निरौलाले तृतिय स्थान हाँसिल गरिन् । रामजानकी मा.वि. मोडिगडाकी दिपिका धमलाले सान्त्वना स्थान हासिल गरिन् । पुरस्कार स्वरुप विजेताहरुलाई सिक्न केही सजिलो होस् भनी सिकाई सामाग्री डायरी, कलम र किताबहरु प्रदान गरिएको थियो ।

