Friday, May 1News That Matters

५० हजार राशि सहित फ्युजन क्लव बोक्से बन्यो उदयपुर (ए) डिभिजन लिगको च्याम्यिन

पूर्णपुष्टि, पुष २४
सुरुवात बाटै राम्रो प्रतिस्पधि गरिरहेका फ्युजन क्लव बोक्से उदयपुर जिल्ला (ए) डिभिजन लिग फुटवल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ । थारुहट रंगशालामा शनिवार भएको फाईनल चरणको सातौँ खेलमा नव प्रभात नेपाललाइ ४–१ ले हराउँदै फ्युजन लिगको च्याम्पियन बनेको हो ।

प्युजनले ७ खेलमा ६ खेल जितेर १८ अंग जोड्दै लिगको शिर्ष स्थानमा पुगी च्याम्पियन बनेको हो । क्लवले खेल अबधिभर एक खेल मात्रै गुमाए बाँकी सबै खेलमा जितेर लिगको शिर्ष स्थानमा आफुलाई सावित गरे । ५ औँ खेलमा गाईघाट सँग पराजित भएको फ्युजन अन्तिममा लिग बिजेतै बनेर छाडे ।

लिगको बिजेता बने सँगै बोक्सेले ५० हजार नगद राशी प्राप्त गरेको छ । यस्तै नभ प्रभात नेपाल लिगको उप विजेता बन्न सफल भएको छ । नव प्रभातले ७ खेलमा ५ खेल जितेर १६ अंक जोड्दै लिगको उपबिजेत बन्न सफल भएको हो । यस क्लवले ७ खेल खेल्दा एक खेल हारेको थियो भने एक खेल बराबरी खेलेका थिए । लिगमा दोस्रो स्थान पाए सँगै नव प्रभातले पनि रु ३० हजार पुरस्कार राशि प्राप्त गरेको छ ।

त्यसैगरी लालिगुँरास नव युवा क्लव लिगको तेस्रो बनेको छ । यस क्ल्वले ५ खेल जिते पनि २ खेल हारेर १५ अंक मात्र जोहो गरे । तेस्रो बने पनि यस क्वले भने कुनै पुरस्कार राशि पाएनन् ।
शनिवार समापन भएको लिगमा बिभिन्न विद्याका खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको जिल्ला फुटवल संघ उदयपुरका सदस्य उदय राईले जनाएको छ ।

उत्कृष्ट गोल रक्षक फ्युजन फुटवल क्लवका गोबिन्द कार्की, उत्कृष्ट डिफेन्टर फ्युजनकै गोपाल लिम्वु, उत्कष्ट मिड फिल्डर लालिगुँरास नव युवा क्लवका अरुण राई, हाई स्कोर नव प्रभात युवा क्लवका आशिस थारु र उत्कृष्ट कोच फ्युजन क्लवका सुदिप श्रेष्ठलाई जनही २ हजारको दरले पुरस्कृत गरिएको सदस्य राईले बताए । यता उत्कृष्ट खेलाी प्रताप राईलाई भने ३ हजार नगदले पुरस्कृत तथा सम्मान गरिएको राईले जनाए । खेल पुष १० गते बाट गाईघाटको थारुहट रंगशालामा सुरु भएको थियो ।