Sunday, April 19News That Matters

७४ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रक्तदान

 पूर्णपुष्टि, फागुन ७ । गाइृघाटमा ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । सोमवार जिल्ला अस्पताल उदयपुर स्थित जिल्ला समन्वय समितिको आयोजनामा संञ्चालित कार्यक्रममा २९ जनाले रक्तदान गरेको हो ।

समन्वय समितिका प्रमुख गौर बहादुर विश्वकर्माले आपतकालिन अवस्थाको बेला अस्पतालमा रगतको कमीबाट कसैको पनि मृत्यु नहोस भन्ने उदेश्यका साथ रक्तदान कार्यक्रम संचालन गरिएको बताए । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सरकारी कार्यालयका कर्मचारीहरुले रक्तदान गरेका थिए ।