Sunday, June 28News That Matters

७ महिनामा ५ खर्ब ६७ अर्ब रुपैयाँ रेमिट्यान्स

पूर्णपुष्टि, चैत ३ 

चालु आर्थिक वर्षको सात महिनामा पाँच खर्ब ६७ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

साउनदेखि माघसम्म पाँच खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो गत वर्षको सात महिनाको तुलनामा १०.९ प्रतिशतले धेरै हो ।

त्यस्तै अमेरिकी डलरमा रेमिट्यान्स ६.७ प्रतिशतले बढेर चार अर्ब ८१ करोड पुगेको छ ।

सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७५.९ प्रतिशतले घटेको छ ।

त्यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ६७.४ प्रतिशतले घटेको जनाईएको छ ।