Wednesday, June 10News That Matters

७ वर्षीया नाबालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा एक पक्राउ

पूर्णपुष्टि, असोज १२ गते ।
एक सात वर्षीया नाबालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा मोरङका एक युवक पक्राउ परेको छ । जिल्लाको लेटाङ–२ का २१ वषीय विशाल रम्तेलले साँझ साढे सात बजेतिर सो स्थानको नाबालिकालाई यौन दुृर्व्यवहार गरेको अभियोगमा पक्राउ परेको हो ।
मदिरा सेवन गरेर नाबालिकालाई यौन दुर्व्यवहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले रम्तेललाई नियन्त्रणमा लिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।