
पूर्णपुष्टि, माघ ९ । सुनसरीमा ८० के.जी. गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप–महनगरपालिका–११ का २९ बर्षिय कुमार तामाङ र ३० बर्षिय राम बहादुर राई रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार बिषेश सुचनाको आधारमा सोमबार दिउँसो २ : ४५ बजे अस्थायी प्रहरी चौकी रासीबाट खटिएको प्रहरी टोलीले देवानगंज गाउँपालिका–६ नहरचौक स्थीतमा उनिहरुलाई गाँजा सहित पक्राउ गरेको हो ।
रासिबाट भारततर्फ जादै गरेको को १ ह ५०९९ नम्बरको अटोलाई रोकेर चेकजाँच गर्दा अटोको पछाडीको डिकि र अटोको भित्र सिलिङको भागमा प्लाष्टिकमा १ किलोको पोका बनाई राखेको ८० वटा पोकामा भएको जम्मा ८० के.जी. गाँजा बरामद भएसँगै चालक तामाङ र पछाडी सवार राईलाई समेत नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
