Tuesday, May 5News That Matters

९१ बर्षिया उपमेयर शान्ति कार्कीले दिईन कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवार

पूर्णपुष्टि, मंसिर २५
९१ बर्षिय शान्ति कार्कीले हालै भईरहेको नेपाली कांग्रेसको १४ औँ केन्द्रीय माहाधिवेशनमा केन्द्रीय सदस्यको पदको उम्मेदवार दिएकी छिन् । कार्की बिरगन्ज माहानगरापलिकाकी उपमेयर समेत हुन् । उनि उमेरले बृद्ध रहेपनि नेतृत्व र राजनितिकमा निकै सक्रिय छिन् ।

कार्कीले महिला खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुन् । स्वच्छ काङ्ग्रेस र महिला अधिकारको लागि आफूले उम्मेदवारी दिएको उपमेयर कार्कीको बताइन् । वीपीबाट प्रभावित भएर काङ्ग्रेसमा सक्रिय भएको उनको भनाइ छ ।