
पूर्णपुष्टि/उदयपुर, कार्तिक ५ ।
तीनदिन अघि दुधकोशीमा डुबेर बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका १४ साउने, ढुंग्रेकी ७ वर्षिया बालिका अनुसा तामाङ अझै फेला पर्न सकेकी छैनन् ।
वडाध्यक्ष हेम मगरका अनुसार प्रहरी र स्थानीयले खोजिकार्य लगातार गरिरहेको छ तर, फेला पर्न सकेको छैन । साथीसंग ११ बजे ढुंग्रेखोला छेउ कोशीमा पौडी खेल्ड गएकी उनी डुबेर बेपत्ता भएकी थिइन् । तीनदिन देखि लगातार डुबेको स्थानदेखि तल्लोभेगमा खोजि कार्य भइरहेको छ । बालिका कोशीमा बेपत्ता भएपछि परिवार शोकमा डुबेको छ । तिहारको बेला बालिकाको खोजि र शोकमा छ परिवार ।
