Thursday, May 28News That Matters

अन्तराष्ट्रिय महिला श्रमिक दिवसमा महिलाको शिक्षामा जोड

पूर्णपुष्टि, २७ फागुन ।
११४ औँ अन्तराष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा सप्ताहव्यापी कार्यक्रम संञ्चालन भैरहेको छ । सोही अवसरमा उदयपुरका बिभिन्न सामाजिक संस्थाहरुको आयोजनामा गाईघाट स्थित महिलाहरुको शिक्षा बिषय अन्तरक्रिया गरिएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल) जिल्ला शाखा उदयपुर, विकास सहजीकरण संजाल (डिफान), मुलधार महिला सेवा केन्द्र (मासवेस), जाल्पा एकीकृत विकास समाज उदयपुर, मानव अधिकार तथा वातावरण बिकास केन्द्र (हुरेण्डेक) शान्ति समाज केन्द्र (पेसोक) समावेशी नेपाल उदयपुर, नेस्पेक उदयपुर, र सामाजिक समावेशीकरण लगायत सामाजिक संस्थाहरुको संयुक्त आयोजनामा आईतबार अन्तरक्रिया कार्याक्रम गरिएको हो ।

(एनसीई) उदयपुरका अध्यक्ष चन्द्रमणी गुराई गाईले अन्तरक्रियामा महिला विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, संञ्चारकर्मी महिलाअधिकारकर्मी लगायतको बृहत उपस्थिति रहेको थियो । अन्तरक्रियामा उदयपुरमा महिलाहरुलाई शिक्षाको अवस्थाबारे के कस्तो छ भन्ने अवस्था प्रस्तुत गरिएको थियो । जिल्लामा महिलाहरु शिक्षामा सहभागी धेरै देखिएपनि नेतृत्वमा भने कम पाईएको देखिएको छ । कक्षामा महिलाहरु पुरुष भन्दा बढी संख्या रहेपछि दिगो शिक्षामा भने पछि परेको देखाएको छ । उनिहरु पढ्दैगरेको अवस्थामै बिचमै शिक्षाबाट बाहिरिने र घरायसी ब्यवहारमा लाग्नु पर्ने समस्या देखिएको हो । पछिल्लो समय पढ्न पढाउन पर्छ भन्ने कुरामा सचेत रहेपनि आर्थिक र पारिवारिक समस्याले भने अझै महिलाहरुलाई शिक्षामा सहज नभएको देखिएको हो ।

सिमान्तकृत परिवार र समुदायमा भने अझै पनि महिलाहरु शिक्षाबाट बन्चित रहनु परेको निष्कर्श देखिएको छ । यस समस्यालाई समधान गर्द सरोकारवालाहरु सहितको उपस्थितिमा अन्तरक्रिया गरिएको हो । महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी भन्ने उदेश्य सहित कार्यक्रम गरिएको थियो । कार्यक्रमलाई सूचनाको हकका लागि राष्ट्रिय महासंघ त्रियुगा नगरपालिका आभासा राष्ट्रिय अभियानले सहकार्य गरेको छ ।