Tuesday, September 29News That Matters

बहेड्वा थारु सामुदायिक होम स्टेद्धारा पाँच जनालाई सम्मान

पूर्णपुष्टि, २६ फागुन ।
बहेड्वा थारु सामुदायिक होम स्टेले बिभिन्न क्षेत्रमा योगदान पुराएका ५ युवाहरुलाई सम्मान गरेको छ । शुक्रबार बयलगडी सफारी शुभारम्भ सँगै खेलकुद, सामाजिक, सांस्कृतिक, कलकारीता, नेतृत्व विकास र पर्यटन जस्तो क्षेत्रमा महत्वपूर्ण योगदान पुराईरहेका युवाहरुलाई सम्मान गरिएको हो ।सम्मानित हुनेमा मिस थारु नेपाल २०२१ की बिजेता लिभा थारु, नरेश सुर्या क्लासिक नेपाल २०२३ क्लासिक फिजिक्स गोल्ड मेडलिस्ट बिजेता बडिबिल्डिङ समूह उप बिजेता दिलिप कुमार चौधरी, पर्यटन खेलकुद व्यवसायी जितेन्द्र रोईला, नेशनल जुनियर च्याम्पियन साईकलिङ निमा शेर्पा र मन्डला थ्रियटर तथा पिके डनका अभिनेता साथै होटल व्यवसायी प्रदिप कुमार चौधरीलाई होम स्टेले प्रमाण पत्र र दौसाला ओढाई सम्मान गरेको हो । सम्मान पत्र प्रमुख अतिथि मन्त्री राम कुमार खत्री लगायत उपसभामुख सिर्जना दनुवार सहित ब्यक्तिहरुले प्रदान गरेका थिए ।