
पूर्णपुष्टि, जेठ १८ ।
उदयपुरमा अन्तर क्लब स्तरिय डेड लिफ्ट प्रतियोगिता २०८१ को उपाधी अभिषेश मगर र सोना राईले जितेको छ । स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको लागी खेलकुद भन्ने नाराका साथ शुक्रबार सम्पन्न प्रतियोगितामा पूरुष तर्फ अभिषेक मगर र महिला तर्फ सोना राईले उपाधि जित्न सफल भएका हुन् ।

डि.एन.वि. फिटनेस एन्ड हवद्धारा आयोजित अन्तर क्लब स्तरिय डेड लिफ्ट प्रतियोगितामा मगरले १८०/१४५ गरी २८० के.जी. र राईले ९०/१०० गरी १ सय ९० के.जी. को डेड लिफ्ट उचाल्दै विजेता बनेको हो । पूरुष तर्फ अरुण कुमार श्रेष्ठ दोस्रो र मोहम्मद राहिद खान तेस्रो भएका छन् भने महिला तर्फ कृतिका भगत दोस्रो र भुमिका तमाङ्ग तेस्रो भएका छन् ।

प्रतियोगिता विजेताले नगद रु २ हजार, दोस्रो र तेस्रोले क्रमश १५ सय र १ हजार रुपैया प्राप्त गरेका छन् । पूरुष तर्फ दोस्रो स्थानका श्रेष्ठले १३५÷१४० गरी २७५ के.जी. र तेस्रो स्थानका खानले १२०/१३५ गरी २५५ के.जी. उठाएका थिए । त्यस्तै महिला तर्फका दोस्रो स्थानका भगतले ७५/१०५ गरी १८० किलो र तेस्रो स्थानका तामाङ्गले ८५/९० गरी १८० के.जी. उठाएका थिए । मुल्याकंन समितिमा प्रशिक्षक शिद्धार्थ श्रेष्ठ सहित दुई जना रहेका थिए ।

