Thursday, May 21News That Matters

सामुदिायक वन उपभोक्ता महासंघ उदयपुरले मनाए २९ औँ स्थापना दिवस

पूर्णपुष्टि, १८ जेष्ठ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल उदयपुरले २९ औँ स्थापना दिवस मनाएको छ । झण्डै ४ सय ओटा वन समुदायहरुको पदाधिकारीहरुको उपस्थितिमा महासंघले आफ्नो स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसर पारी महासंघको पूर्व अध्यक्ष तथा कोशी प्रदशे वन पर्यटन तथा वातावरण मन्त्रालयका मन्त्री नारायण बुर्जा मगरलाई सम्मान पनि गरेको छ । सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला कार्य समिति उदयपुरले गरेको भव्य सम्मान कार्यक्रममा मगरलाई खादा र सम्मान पत्र प्रदान गरिएको छ । कार्यक्रमका पूमुख अतिथि समेत रहेका मगरले महासंघलाई धन्यवाद व्यक्त गरे । उनले दुखले सामुदायिक वन र महासंघको कार्यनिति र सहजतालाई यहा सँम्म ल्याईएको जनाए ।

अहिले महासंघ र सामुदायिक वनहरु सहज रुपमा संञ्चालन हुनका लागि बिगतमा आफुहरुले ठुलो मेहनत र संघषै गरेको उनले सम्झीए । मगर आफु पनि सामुदायिक वनको अध्यक्ष तथा महासंघको अध्यक्षको रुपमा काम गर्दै गर्दा वन वातावरणलाई नजिनक बाट चिनेको जनाए । उनले उदयपुरमा वनको संरक्षण र सहि सदुपयोगका लागि सबैखाले पहल र सहयोग गर्ने जनाए । यस्तै प्रदेश उपसभामुख सिर्जना दनुवारले उदयपुरमा भएको सामुदायिक वन उदयपुरवासीहरुको धन रहेको जनाईन् । वन वातावरणमा उदयपुर निकै धनी रहेको भन्दै यसको सदुपयोग र संरक्षणमा ध्यान पुराउनु पर्ने जनाईन् ।

साथै सामुदायिक वन सँग सम्बन्धित निति नियमबारे पनि प्रस्टाईएको छ । डिभिजन वन कार्यालय गाईघाटका प्रमुख डा. इन्द्र प्रसाद सापकोटाले अझै पनि सामुदायिक वनको निति तर्जुमाहरुमा समस्या रहेको वताए । मन्त्री स्वयम वनमैत्री रहेको भन्दै यसको सहज निति तथा कार्यन्वयन निर्माणमा लाग्न आह्वान पनि गरेको छ । कार्यक्रममा सामुदायिक वनहरुलाई आर्थिक कारोवार सहज गर्न अनिवार्य प्यान नम्वरको बारेमा पनि शिक्षा प्रदान गरिएको छ । पछिल्लो समय संस्थागत होस या व्यक्तिगत कारोवारहरु अनिवार्य रुपमा प्यान नंं को आवश्यकता पर्ने भन्दै सबै सामुदायिक वनलाई प्यान नं बनाउन पनि आह्वान गरिएको छ । उदयपुरमा रहेका बिभिन्न बन समुदायहरुको करिब १० प्रतिशतको मात्रै प्यान भएको अन्य धेरैका नभएको करदाता सेवा कार्यालय गाईघाटका प्रमुख राम राईले जनाए । राईले छुटेकाहरुलाई स्किम प्रदान गर्दै माघ २०८१ माघ मसान्त सम्म प्यान निर्माण गर्न भनिएको जनाए । महासंघका उदयपुर जिल्ला अध्यक्ष कुशल बावु बस्नेतले जिल्लामा रहेको सामुदायिक वनहरुलाई क्रियाशिल बनाउन महासंघ सक्रिया रहेको जनाए । महासंघले सामुदायिक वनको लेखा जोखा र निगरानी गरिहेको र आवश्यक कार्य निति अनुसार वनको संरक्षणमा ध्यान पुराईरहेको जनाए ।