
पूर्णपुष्टि, १९ बैशाख ।
जिल्ला प्रहरी कार्यालय उदयपुरमा अमर प्रहरीको परिवारले बृक्षा रोपन गरेको छ । बुधबार श्रमिक दिवसकै दिन बृक्षा रोपन गरिएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी रमेश थापा, डिएसपी राजन चापागाई लगायत अन्य प्रहरी कर्मचारीहरुको नेतृत्व पहलमा बृक्षा रोपण गरिएको हो । एसपी थापाले अमर प्रहरीहरुको नाममा बृक्षा रोपन गरेको जनाए । फल र फुल गरी दुई प्रकारको बिरुवा रोपिएको प्रहरी थापाको भनाई छ ।

रोपिएको बिरुवाले एक दिन सपलता हासिल गर्दै फलेको फल जव प्रयोग गर्न थालिन्छ त्यसले अमर प्रहरीको सम्मान र उनिहरुको सपना पुरा गर्ने उनको भनाई छ । आज अमर प्रहरी र परिवारको सम्बन्ध र सम्मानलाई सँधै जिवित राख्न पनि यो बृक्षारोपन कार्य गरिएको थापाको भनाई छ । उपस्थि अमर प्रहरी परिवारले देश र जनता प्रतिको लगावमा आफुलाई गुमाएको परिवारलाई फेरी एक पटक सम्झीने अवसर मिलेको जनाए । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय उदयपुर वातावरमैत्री बन्दै गएको जनाए ।

आफुहरुलाई पहिले प्रहरी कार्यालय आउनै नमर्ने अवस्थामा अहिले प्रहरी कार्यालय गएर बस्न योग्य ठाउँ बन्दै गएको अमर परिवारहरु बताउँछन् । पहिले प्रहरी दिवस जस्ता कार्यक्रमहरुमा आफुहरुलाई आउन नमलागन्ने र आएर बेकार बिगत सम्झेर बस्न पर्ने भन्दै प्रहरी कार्यालय आउन छोडेको उनिहरुको भनाई छ । तर पछिल्ला समय अमर प्रहरीहरुका लागि सम्झना लायक ठाउँ र बातावरण बनेको उनिहरुले जनाए । एसपी थापाले रोपिएको बृक्षाको रेखदेख गर्न अनुरोध गरेको छ । समय बखत आएर बृक्षाको संरक्षण र पानी मल जल गर्न अमर प्रहरी परिवारलाई एसपी थापाले अनुरोध गरेको छ ।
