
पूर्णपुष्टि, १८ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नं. ५ हिम्मा गाउँमा हिजो जंगलबाट सल्किएको आगलागी राती २ बजेमात्र नियन्त्रण भएको छ । स्थानीय मदन खड्का, मोहन कार्की, इन्द्रबहादुर बुढाथोकी, लगायतको चार घर र दुई वटा गोठमा आगलागी भएको छ ।
रुद्रबहादुर विकको गोठमा भेटेपछि गाउँमा आगो सल्किएको थियो । चैपाया चारवटा खसी मरेका छन् । वडाध्यक्ष कविचन्द्र राईका अनुसार प्रारम्भिक अनुमानमा पचास लाख माथि क्षती भएको छ । रौतामाई गाउँपालिकाको वडा नं. ३ बाट फैलिएको आगो जंगल हुदै लिम्चुङबुङ पुगेको हो । लिम्चुङबुङको टोड्के, सल्लेरी र कपासेसमेतमा आगो सल्किएकोमा स्थानीयले नियन्त्रण गरेका थिए ।
