
पूर्णपुष्टि, असार ३१ । अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा परी लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ बर्षीय राजन यादव र २० बर्षीय रोजिन ओलीको मृत्यु भएको हो ।
दुवै जना नेपालका नागरिक रहेको भनिए पनि उनीहरुको नेपालको ठेगाना खुलेको छैन । लुइजियाना राज्य प्रहरीलाई उद्धृत गर्दै स्थानीय एक अनलाइन समाचार अनुसार गत आईतबार राति करिब ९ बजे भएको कार दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । अर्को एक अनलाइन माईआर्कलामिस डटकमले पनि दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको जनाएको छ, तर त्यसमा पनि उनीहरुको नेपालको ठेगाना खुलाएको छैन ।
प्रहरीका अनुसार भारी बर्षा भईरहेको बेला सो कार सडकमा चिप्लिएर रुखमा ठोक्किएर आगलागी भएको थियो । यादवले चालाईरहेको सो कारमा ओली सहित अरु दुई जना पनि सवार थिए । यादव र ओलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । कारमा सवार अन्य दुई जना भने घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
