Wednesday, April 22News That Matters

ताप्लीका किसानहरुलाई हाते ट्याक्टर सहित कृषि सामाग्री वितरण

ताप्ली
पूर्णपुष्टि, ३१ असार ।
उदयपुरको ताप्ली गाउँपालिकाका किसानहरुलाई हाते ट्याक्टर सहित कृषि सामाग्री वितरण गरिएको छ । गाउँ पालिकाको सहयोग र सहजिकरनमा किसानलाई कृषि सामाग्री वितरण गरिएको हो । सोमवार पालिका स्थित क्याज्व्हील सहित ४३ वटा मिनिटिलर ,४ ओटा चापकटर र ६ वटा प्लेट दाना बनाउने मेसिन लगातका कृषि सामाग्री बितरण गरिएको थियो । वितरण प पश्चात् किसानको उक्त सामाग्रीहरु घर किसानको घर घरमा पुराईने काम भएको छ । सामाग्री वितरण पालिका अध्यक्ष ढुँगराज विक, उपाध्यक्ष धना मगर सहित पालिकाका कर्मचारीहरुले वितरण गरेका थिए । उक्त सामाग्री पाएपछि किसानहरु उत्साहित बनेको छ ।