Wednesday, April 22News That Matters

ईक्राहा – शिवनगर झोलुङ्गे पुलको शिलान्यास

प्रबिन मगर, बेल्टार
असार , ३०

उदयपुरको चौदण्डिगढी नगरपालिका शिवनगर – इक्राहा जोड्ने झोलुङ्गे पुलको शिलान्यास सङ्घिय सांसद डा. नारायण खड्काले गर्नुभएको छ।

९ करोड बढी लगानीमा बन्न लागेको उक्त झोलुङ्गे पुलको शिलान्यास सोमवार खडुकाले गरेको हो । डा। खडकाको प्रमुख आथित्यतामा सम्पन्न सिलन्यास कार्यक्रममा चौदण्डीगढी नगरपाकिाकी उपप्रमुख मनिका दुलाल सहितको जनप्रतिनिधि, दलका नेता साथै स्थानीय बुद्धि जिवीहरुको सहभागी रहेको थियो।

उक्त पुलले त्यस स्थानका स्थानीयहरुलाई आवत जावतमा सहजीकरण गरेको छ । सांसद खड्काले करिब १२ बर्ष देखिको पटक पटकको पहलमा विभिन्न राजनीति, प्राकृति , सामाजिक कारण अहिले सम्म निर्माण हुन नसकेको दुख ब्याक्त गरे। देशमा स्थिर राजनीति , स्थिर सरकार , र आर्थिक अभावमा ठुला परियोजनाहरु अलपत्र पर्ने गरेको पनि सांसद खड्काले बताए ।

पटक पटक जनताले उदयपुर क्षेत्र १ मा बिजय गराएको र आफुले सकेको बिकासका योजना कामहरूमा ध्यान दिएको खड्काले जनाए । अहिले आफ्नो क्षेत्रमा बिकासको योजना कामहरुमा सके सम्म प्रत्यक्ष रूपमा उपस्थिति हुँदै आएको पनि उनको दावी छ ।